मुक्तिनाथमा नेपाली सेनाले बनायो प्रारम्भिक स्वास्थ्य उपचार केन्द्र

मुस्ताङ | असोज १६, २०८०

मुक्तिनाथमा नेपाली सेनाले बनायो प्रारम्भिक स्वास्थ्य उपचार केन्द्र

मुस्ताङ:  मुस्ताङको मुक्तिनाथ क्षेत्रमा नेपाली सेनाले प्रारम्भिक स्वास्थ्य उपचार केन्द्र तथा दर्शनार्थीमैत्री विश्रामस्थल सञ्चालनमा ल्याएको छ । 

 

नेपाली सेनाद्वारा विनियोजित बजेट ८ लाख ६७ हजार, सामाजिक विकास कार्यालय मुस्ताङ्गबाट ८ लाख र नेपाली सेनाको श्रमदान बापत ४७ लाख ६० हजार गरी कुल ६४ लाख २७ हजार लागतमा लागतमा निर्मित भौतिक संरचना मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।

 

उक्त भवन मुक्तिनाथ मन्दिर प्रवेशद्वार नजिकै करिब १ रोपनी सार्वजनिक जग्गामा करिब ६ महिना लगाएर सम्पन्न गरेको हो । 

 

नेपाली सेनाद्वारा निर्मित दशनार्थीमैत्री पूर्वाधारको उद्घाटन पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथी दिपक कुमार बाँनियाले गरे ।

 

सो अवसरमा बोल्दै पश्चिम पृतनापती उपरथी बाँनियाले निर्मित संरचनामा प्रारम्भिक स्वास्थ्य परीक्षण केन्द्र (२ वटा मेडिकल बेड), व्यवस्थित शौचालय र दशनार्थीमैत्री विश्रम कक्ष (२३ वटा फलामे बेञ्च) रहेको बताए ।

 

उनले नेपाली सेनाको शीघ्र प्रवाही योजना अन्तरगत नेपाली सेना २३ नं. बाहिनी, पश्चिम पृतना हेडक्वाटर र नारायण दल गणका दक्ष जनशक्तिको श्रमलानबाट सरोकारवाला निकायहरुको सहकार्यमा निर्माण गरिएको बताए ।
 

पृतनापती बाँनियाले नागरिक र सैनिकबीचको सम्बन्धलाई सुदृढ गर्दै सामाजिक उत्तरदायित्व वहन गरेको सुनाए । 

 

अब उक्त भौतिक संरचनाको रेखदेख, व्यवस्थापन, प्रर्वद्धन र संरक्षणमा मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जिम्मा लिएको छ ।

 

मुस्ताङको प्रमुख जिल्ला अधिकारी मुक्तिनाथ विकास समितिको अध्यक्ष हुने प्रावधान छ । सोही अनुरुप अहिले मुक्तिनाथ विकास समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज पन्त रहेका छन् ।

 

उनले समिति र स्थानीय तहको समन्वयमा स्वास्थ्य परिक्षण केन्द्रमा २ जना स्वास्थ्यकर्मी (अनमी) करारमा भर्ना गरी सेवा सञ्चालन गरिने बताए ।

 

पूर्वाधार हस्तान्तरण कार्यक्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपलिकाकी उपाध्यक्ष डिकी गुरुङले उक्त पूर्वाधारले दशनार्थीलाई ठुलो सहयोग पुग्ने बताइन् ।

 

सो अवसरमा सेनाको २३ नं. बाहिनी पतिले विशेष सहयोग पू¥याउने अधिकृत तथा सहयोगी गैर सैनिक व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने नेपाली सेनाले दशनार्थीका लागि निशूल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो ।
 

पोखरा:  पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ ।  साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...

थप पढ्नुहोस्

पोखरा:  १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महो...

थप पढ्नुहोस्

काभ्रेपलाञ्चोक:   पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ ...

थप पढ्नुहोस्